Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सूर्यविनायकको गाई फार्ममा आगलागी हुँदा दुई बाच्छासहित चार गाई मरे

सूर्यविनायकको गाई फार्ममा आगलागी हुँदा दुई बाच्छासहित चार गाई मरे

दैनिकी न्यूज

२८, जेठ २०७७
सूर्यविनायकको गाई फार्ममा आगलागी हुँदा दुई बाच्छासहित चार गाई मरे
images

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।

फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान ३ बजे आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ ।

२८०० लिटर मदिरा बरामद
त्यसैगरी महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वका गएको प्रहरी टोलीले २८०० लिटर अवैध घरेलु मदिरा र १६०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।

भक्तपुर नगरपालिका–९ देगइनाका नारायण बागको आफ्नै पाँचतले घरमा उत्पादन गरी लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको उक्त मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो । रासस

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ११:५६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology