Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्वास्थ्यले १५ रुपैयाँमा किनेको मास्कलाई सेनाले ५२ हाल्यो

स्वास्थ्यले १५ रुपैयाँमा किनेको मास्कलाई सेनाले ५२ हाल्यो

दैनिकी न्यूज

२६, जेठ २०७७
स्वास्थ्यले १५ रुपैयाँमा किनेको मास्कलाई सेनाले ५२ हाल्यो
images

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारका दुई निकायले एकैपटक खरिद गरेका एकै प्रकृतिका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएको छ।

नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले एकै समयमा किनेका मास्कलगायत अन्य मेडिकल सामग्रीको मूल्यमा तीन गुणाभन्दा बढी अन्तर देखिएको हो।

स्वास्थ्य सेवा विभागले १५ रुपैयाँमा किनेको सर्जिकल मास्कलाई नेपाली सेनाले ४३ सेन्ट अर्थात् करिब ५२ रुपैयाँ हालेको खुल्न आएको छ। चीनसँग नेपाली सेनाले जिटुजी तह ९सरकार–सरकारबीच० मा खरिद गरेको सर्जिकल मास्कमा मात्र ३७ रुपैयाँ फरक देखिएको छ।

नागरिकलाई प्राप्त विवरण अनुसार स्वास्थ्य सेवा विभागले प्रतिथान सर्जिकल मास्क १५ रुपैयाँका दरले झन्डै साढे ८३ लाख खरिद गरेको छ। नेपाली सेनाले सोही सर्जिकल मास्क प्रतिथान ५२ रुपैयाँ हालेर २५ लाख खरिद गरेको देखिन्छ। सेनाले किनेको सर्जिकल मास्कको मूल्य स्वास्थ्यले किनेको सर्जिकल मास्कको भन्दा ३७ रुपैयाँ बढी हो। प्रतिथान मास्कको हिसाबले ३७ रुपैयाँ अतिरिक्त शुल्क जोड्दा सेनाले किनेको सर्जिकल मास्कमा ९ करोड २५ लाख रुपैयाँ बढी पर्न गएको छ। आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - ०७:५६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology