ललितपुर, साउन २४ । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा प्रहरी कार्यालय स्थापना भएको छ । गाउँपालिकामा इलाका प्रहरी कार्यालयको स्थापना भएको हो ।
गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तान र महानगरिय प्रहरी वृत्त चापागाउका प्रमुख डिएसपी राजकुमार खिउजुले एक कार्यक्रममा विच उद्घाटन गरेको हुन् । यस कार्यालयमा प्रहरी निरिक्षक सहित ५० जनाको दरबन्दी रहेको डिएसपी खिउजुले जानकारी दिए । उनका अनुसार प्रहरीले गाउँपालिकाको ५ वटै वटामा सेवा दिनेछन् ।
यस अघि गाउँपालिकामा प्रहरी नहुँदा शान्ति सुरक्षामा समस्या महसुस भएको कोन्ज्योसाम गाउँपालिकाका प्रवक्ता समिन्द बल तामाङले जानकारी दिएका थिए । गाउँपालिकामा प्रहरी कार्यालय ल्याउन गाउँपालिका अध्यक्ष सिङ्तानले पटक पटक सम्बन्धित निकायमा गएर ध्यानकर्षण समेत गराएका थिए ।