Logo

सोमवार, आश्विन १९ गते २०८३

images

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

दैनिकी न्यूज

७, आश्विन २०८३
आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै
images

काठमाडौँ । नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन गर्न लागिएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही स्थानबाहेक अधिकांश वडामा नेतृत्व चयनको प्रक्रिया सम्पन्न भइसकेको छ। वडास्तरीय अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ।

बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

रसुवामा भने बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै पालिका अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार जिल्लाको विशेष परिस्थितिका कारण अधिवेशनको मिति केही पछि सारिएको हो।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुने व्यवस्था छ।

कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट पालिका सभापतिले मनोनयन गर्ने प्रावधान रहेको निर्वाचन समितिले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - ०८:२८:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology