Logo

सोमवार, भाद्र २९ गते २०८३

images

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

२२, भाद्र २०८३
आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी दिउँसो वर्षाको गतिविधि बढी सक्रिय हुने र केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

देशका पहाडी तथा तराई भूभागका केही स्थानमा रातिसमेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि जारी रहने विभागले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - ०७:५१:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology