Logo

सोमवार, आश्विन १९ गते २०८३

images

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

दैनिकी न्यूज

१२, भाद्र २०८३
रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार
images

ललितपुर । रसुवामा बाढीका कारण प्रभावित बनेका नागरिकको उद्धार र राहतका लागि गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले ५२ हजार रुपैयाँ सहयोग गरेका छन्।

घिमिरेले आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्ने निर्णय गरेका हुन्। उनले बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारको कोषमा सहयोग गरेका हुन्।

रसुवागढी भन्सार क्षेत्रमा तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो। त्यसपछि रसुवासहित नुवाकोट र आसपासका क्षेत्रमा जनधनको क्षति भएको छ।

बाढीले सडक, पुल, घर तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ। केही परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत वितरणको काम भइरहेको छ।

वडा अध्यक्ष घिमिरेले विपद्को समयमा सरकारको मात्र भर पर्नुभन्दा नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेको बताए।

‘बाढीका कारण धेरै नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको छ। यस्तो अवस्थामा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ,’ उनले भने, ‘त्यही भावनाअनुसार मैले पनि राहत कोषमा ५२ हजार रुपैयाँ सहयोग गरेको हुँ।’

उनले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उद्धारसँगै विस्थापित परिवारको पुनःस्थापनालाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

घिमिरेले यसअघि पनि विपद्का समयमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएको बताएका छन्। कोरोना महामारीका बेला प्रभावित नागरिकलाई सहयोग गरेका उनले २०७२ सालको विनाशकारी भूकम्पका समयमा पनि पीडित परिवारलाई सहयोग गरेका थिए।

रसुवाको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, स्थानीय तह, संघसंस्था तथा सामाजिक क्षेत्रबाट सहयोग जुटिरहेको छ। विपद्का कारण समस्यामा परेका परिवारलाई तत्काल आवश्यक सामग्री तथा आर्थिक सहायता उपलब्ध गराउने काम भइरहेको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १०:२०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology