Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

उच्च अदालत वीरगंजका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना

उच्च अदालत वीरगंजका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना

दैनिकी न्यूज

२, भाद्र २०८३
उच्च अदालत वीरगंजका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना
images

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पियो दुर्घटना हुँदा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो आज बिहान जुरिखेतमा दुर्घटनामा परेको हो ।

स्कार्पियोमा चार पुरुष र दुई महिला सवार थिए । दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २, २०८३ मंगलवार - ०९:१६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology