Logo

मंगलवार, आश्विन २० गते २०८३

images

पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

दैनिकी न्यूज

१, भाद्र २०८३
पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
images
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो । अदालतले उनलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन भनेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो । जनआस्था अनलाइनमा प्रकाशित एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको आरोपमा प्रहरीले उनलाई गत साउन २७ गते निवासबाट पक्राउ गरेको थियो ।
त्यसयता उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । सर्वोच्चको आदेशमा श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्वीर जाहेरवालाले आफैं सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको उल्लेख छ । उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको पनि आदेशमा जनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र १, २०८३ सोमवार - २०:०८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology