Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

आजको मौसमः हल्कादेखि मध्यम बर्षको पूर्वानुमान

आजको मौसमः हल्कादेखि मध्यम बर्षको पूर्वानुमान

दैनिकी न्यूज

२८, श्रावण २०८३
आजको मौसमः हल्कादेखि मध्यम बर्षको पूर्वानुमान
images

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थान आसपास रहेको छ।

हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। ती क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने जनाएको छ।

images
प्रकाशित मिति :श्रावण २८, २०८३ बिहिवार - ०८:२६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology