Logo

सोमवार, आश्विन १९ गते २०८३

images

पत्रकार किशोर श्रेष्ठ प क्राउ

पत्रकार किशोर श्रेष्ठ प क्राउ

दैनिकी न्यूज

२८, श्रावण २०८३
पत्रकार किशोर श्रेष्ठ प क्राउ
images

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति प क्राउ परेका छन्। उनलाई ललितपुरको नख्खुस्थित निवास नजिकबाट प्रहरीले नियन्त्रमा लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले प क्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।

श्रेष्ठमाथि रास्वपाका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन गरिरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ। ती युवतीले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्।

उनलाई प्रहरीले नियन्त्रण लिएसँगै सरकारको सर्वत्र आलोचना भैरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०८३ बिहिवार - ०८:१८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology