Logo

बुधवार, आश्विन २१ गते २०८३

images

सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय

सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय

दैनिकी न्यूज

२१, माघ २०८०
सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय
images

काठमाडौं । सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ।

माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ।

इच्छाराजसँगै दोषी ठहर भएका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठको पनि अदालतले सजाय निर्धारण गरेको छ।

सिर्जना शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको छ।

इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न विशेष अदालतले आदेश गरेको छ। इच्छाराजका छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले अदालतबाट सफाइ पाइसकेका छन्।

images
प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १९:११:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology