Logo

बुधवार, आश्विन २१ गते २०८३

images

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

दैनिकी न्यूज

१२, माघ २०८०
हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ
images

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १८:२०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology