Logo

बुधवार, आश्विन २१ गते २०८३

images

त्रिभुवन विमानस्थलका कर्मचारीमाथि प्रहरीद्वारा हातपात

त्रिभुवन विमानस्थलका कर्मचारीमाथि प्रहरीद्वारा हातपात

दैनिकी न्यूज

१२, माघ २०८०
त्रिभुवन विमानस्थलका कर्मचारीमाथि प्रहरीद्वारा हातपात
images

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीद्वारा हातपात भएको छ । शुक्रबार बिहान अध्यागमनका कर्मचारीले चेकजाँच गर्दा अभद्र बोली व्यवहार गरेको भन्दै प्रहरीले हातपात गरेका हुन्।

आज बिहान विमानस्थलको अराइभलबाट डिपार्चरतिर अध्यागमन अधिकृत छायाँलाल मोक्तान जाँदा मेटल डिटेक्टर भएको स्थानमा प्रहरीले उनलाई चेकजाँच गरेको थियो । सोहि क्रममा प्रहरी कर्मचारी तथा मोक्तानको विवाद भएको थियो । मोक्तानले आफू अध्यागमन अधिकृत भएको भन्दै मेटल फ्री भएपछि सधैँ चेक गर्नुनपर्ला भनेपछि विवाद सुरू भएको थियो । त्यसपछि, अध्यागमनका कर्मचारीले अभद्र बोलेको र धकेलाधकेल भन्दै प्रहरीले कुटपिट गरेको प्रहरीले दाबी गरेका छन्। मोक्तानमाथि कुटपिट हुँदा अन्य कर्मचारीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाललाई बोलाएका थिए । सो क्रममा प्रहरीले हमालमाथि पनि कुटपिट भएको थियो ।

उक्त घटनापछि दुवै पक्षबीच छलफल गराइएको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमाल र प्रहरीले सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच विवाद भएको देखिएको थियो । सीसीटीभीमा विवादपछि प्रहरीद्वारा अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट भएको देखिएको छ ।

यस घटनाबारे अध्यागमन कार्यालय प्रमुख हमालले गृह मन्त्रालयलाई जानकारी गराएका छन् । यसैगरी, विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द सहित छलफल भइरहेको छ।

images
प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १७:३९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology