Logo

बुधवार, आश्विन २१ गते २०८३

images

८ किलो गाँजासहित इमाडोलबाट एक जना पक्राउ

८ किलो गाँजासहित इमाडोलबाट एक जना पक्राउ

दैनिकी न्यूज

१०, माघ २०८०
८ किलो गाँजासहित इमाडोलबाट एक जना पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ३ इमोडोल, महर्जन चोकबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षीय बालकुमार बोगटीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट ५ दिनको म्यादथप अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

सातदोबाटो २ पिच.jpg

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - २२:१२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology