Logo

बुधवार, आश्विन २१ गते २०८३

images

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

दैनिकी न्यूज

१०, माघ २०८०
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
images

काठमाडौं । सुनसरी, भक्तपुर र सिन्धुलीमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरी, धरान उपमहनगरपालिका-८ भोटेपुलस्थित सडकमा ना.१ ज ७१२१ नम्बरको हाईलक्स गाडीले को.६ प ५६०३ नम्बरको मोटरसाइकल र को.३२ प ८६६१ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि घोपा धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-१ चुनदेबी आकाशे पुल नजिक बा.प्र.०२-०२२ प ८५३२ नम्बरको मोटरसाइकलले बा.प्र.०२-०२१ प ९०३२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक सूर्यबिनायक नगरपालिका-६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-९ कोरुंङखोलास्थित सडकमा प्र.२-०४-००१ त ००१० नम्बरको ट्याक्टरले बा.५८ प ९१४१ र ना.११ प ५७५० नम्बरको दुई वटा मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा बा.५८ प ९१४१ नम्बरको मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका-२ बस्ने ६३ वर्षीय रने तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुली उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.११ प ५७५० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ १०, २०८० बुधवार - ११:४४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology