Logo

बुधवार, आश्विन २१ गते २०८३

images

काठमाडौंका यी स्थानमा एक साता दिनहुँ चार घण्टा विद्युत् कटौती हुने

काठमाडौंका यी स्थानमा एक साता दिनहुँ चार घण्टा विद्युत् कटौती हुने

दैनिकी न्यूज

६, माघ २०८०
काठमाडौंका यी स्थानमा एक साता दिनहुँ चार घण्टा विद्युत् कटौती हुने
images

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा एक साता दिनहुँ चार घण्टा विद्युत् कटौती हुने भएको छ। विद्युत् प्राधिकरणले सूचना जारी गरी आइतबारदेखि शनिबारसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो।

नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र र ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। यस्तै ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन ।


११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म बिजुली कटौती हुनेछ।

images
प्रकाशित मिति :माघ ६, २०८० शनिवार - ०८:०७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology