Logo

बुधवार, आश्विन २१ गते २०८३

images

ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

दैनिकी न्यूज

५, माघ २०८०
ललितपुरका यी ठाउँमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने
images

ललितपुर । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुने छ । यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:३६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology