Logo

बुधवार, आश्विन २१ गते २०८३

images

शहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा नवनिर्मित भवनको उ्दघाटन एवं हस्तान्तरण

शहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा नवनिर्मित भवनको उ्दघाटन एवं हस्तान्तरण

दैनिकी न्यूज

५, माघ २०८०
शहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा नवनिर्मित भवनको उ्दघाटन एवं हस्तान्तरण
images

पर्सा । शैक्षिक शहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्वारा ठाकुरराम बहुमुखी क्याम्पस प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको उद्ुदघाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान पर्साले बिहिबार ठाकुरराम बहुमुखी क्याम्पसका एक कार्यक्रमको आयोजना गरी प्रध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको उद्घाटन एवं हस्तान्तरण गरेको हो ।
स्व. मुकुन्द प्रसाद खनालको स्मृति दिवसको अवसर पारी क्याम्पसका अवकाश प्राप्त प्रध्यापकहरूको दोसाला ओढाएर सम्मान कार्यक्रमसमेत गरिएको थियो ।
कार्यक्रमका उपस्थित व्यक्ताहरूले शैक्षिक सहिद स्व. खनालले शिक्षा क्षेत्रमा गरेको योगदान कै कारण उनी जिवित रहेको बताएका छन् । शैक्षिक सहिद स्व. खनालले विरगंजदेखि गौशालासम्म शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभएको कुरा सबैले स्मरण गरेका थिए ।
कार्यक्रममा प्रध्यापक संघका पूर्व सभापति शत्रुधन यादव, डाक्टर हरेराम यादव, कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी, बार एशोसिएसनका अध्यक्ष कमल मोहन पोखरेल, पूर्व क्याम्पस प्रमुख, प्रध्यापक डाक्टर महेन्द्र गुप्ता, केदार प्रसाद साह, डाक्टर उमेश चौरसीया, अवधेश कुमार झा, प्रकाश थारु प्रतिष्ठानका अध्यक्ष प्रकाश थारु, वरिष्ठ दन्त डाक्टर मनोज उपाध्याय, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी स्व. मुकुन्द प्रसाद खनालको माइलो ज्वाई वरिष्ठ अधिवक्ता सुजित पोखरेल, माइली छोरी अधिवक्ता मनु खनाल, कान्छो छोरी ज्वाई शैलेश रेग्मी, कान्छी छोरी उच्च अदालत विटारनगरका न्याधिश ममता खनाल, पदमप्रसाद सुवेदी, मधेश विश्व विधालयका उपकुलपति दिपक शाक्य, प्रध्यापक संघका सभापति डाक्टर प्रमोदकुमार कुश्वाहा, ठाकुरराम बहुमुखी क्याम्पसका निमित क्याम्पस प्रमुख अनील कुमार रमन, प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं जेठा छोरी ज्वाइ प्रकाश उपाध्याय, स्व. मुकुन्द प्रसाद खनालका भतिजा कमल कुमार उपाध्याय लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता शैक्षिक शहिद स्व. मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका सभापती श्रीमती मुना खनाल गरेकी थिईन । कार्यक्रमको प्रमुख अतिथी ठाकुरराम बहुमुखी दाता परिवारका संजय कुमार तथा शशी रंजन कलवारको रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रध्यापक संघका पूर्व सभापती शत्रुधन यादवले राखेका थिए । शैक्षिक शहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका सचिव लालबावु सिंहले कार्यक्रम संचालन गरेका थिए ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:३२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology