Logo

बुधवार, आश्विन २१ गते २०८३

images

ललितपुरको होटल स्क्वायरका सञ्चालक अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुरको होटल स्क्वायरका सञ्चालक अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

दैनिकी न्यूज

५, माघ २०८०
ललितपुरको होटल स्क्वायरका सञ्चालक अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
images

ललितपुर । ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरका सञ्चालक तथा प्रबन्ध निर्देशक रोमी अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गत भदौमा उक्त होटलको स्विमिङ पुलमा स्विमिङ गर्दा करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए। त्यसयता उनी कोमामा रहेका छन्।

हालसम्म कोमामा रहेका शाक्यका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

पीडित परिवारले जाहेरी दिएपछि होटल सञ्चालक रोमी अर्याललाई पक्राउ गर्न ललितपुर प्रहरीले अदालतसँग अनुमति मागेको थियो । प्रहरीले पेस गरेको प्रमाणका आधारमा अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी परिसरले जनाएको छ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - ०७:१४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology