Logo

बुधवार, आश्विन २१ गते २०८३

images

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ

दैनिकी न्यूज

४, माघ २०८०
१५ लाख घुससहित बनेपाका वडाध्यक्ष पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा १२०० मतसहित विजयी भएका थिए ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार साँझ भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनका अनुसार वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ नं. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिइएको छ ।

उनको साथबाट १० हजार जाप्निज एन एक सय डलरको एक थानसमेत बरामद गरिएको उनले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०७:३०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology