Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

१० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने कोन्ज्योसोमका लामा पक्राउ

१० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने कोन्ज्योसोमका लामा पक्राउ

दैनिकी न्यूज

१७, पौष २०८०
१० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने कोन्ज्योसोमका लामा पक्राउ
images

ल‍‍‍‍‍‍‍‍‍‍‍‍‍लितपुर । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका वडा नं. १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमूलबाट पक्राउ गरेको हो ।

लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार लामाले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामासमेतलाई विभिन्न देशहरू लिथोनिया, क्यानडा, सिंगापुरमा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी बेरोजगार युवाबाट पाँच लाखदेखि १५ लाख रुपियाँसम्म लिने गरेका थिए ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - १७:५४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology