काठमाडौँ । सत्तारुढ दल (माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रुपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराउने बताइएको छ ।
गत साउनमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीलाई रुपान्तरण गर्न विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार र पार्टीभित्रको समस्या तथा अन्तर्विरोधको पहिचान, नेता र कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिएको माओवादी केन्द्रले जनाएको छ ।