Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

दैनिकी न्यूज

१६, पौष २०८०
बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय
images

ललितपुर । ललितपुरको बालकुमारीस्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरूलाई छाड्ने निर्ण गरिएको हो ।

मुद्धा नचलाउने निर्णयपछि प्रहरीको नियन्त्रणमा रहेका ७३ जना छुटेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा. २ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ । बालकुमारी घटनामा प्रहरीको गोली र कुटपिटबाट अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०८:०६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology