Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

आज ४८ औँ मेलमिलाप दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज ४८ औँ मेलमिलाप दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै

दैनिकी न्यूज

१६, पौष २०८०
आज ४८ औँ मेलमिलाप दिवस, काँग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै
images

काठमाडौँ । आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले देशैभरि विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

काँग्रेसका संस्थापक एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने ८ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर काँग्रेसले यो दिवस मनाउने गरेको हो ।

काँग्रेसले यसवर्ष ४८ औँ मेलमिलाप दिवसको सन्दर्भमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा काठमाडौंमा मेलमिलाप र अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने बोलाएको छैन । महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान संविधान र व्यवस्थामाथि प्रश्न उठाउनेहरू बढ्दै गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता ठानेर मेलमिलाप दिवसमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनका अनुसार विगतमा कोजाग्रत पूर्णिमा र चियापानमा मात्रै एक ठाउँमा हुने दलहरूले राष्ट्रिय राजनीतिका साझा मुद्राहरूमा समेत दलहरू एकै ठाउँमा छन् भन्ने सन्देश दिन काँग्रेसले यस्तो प्रयास गरिरहेको हो ।

images
प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०८:०१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology