Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

देशका केही ठाउँमा हिमपातको सम्भावना, सचेत रहन आग्रह

देशका केही ठाउँमा हिमपातको सम्भावना, सचेत रहन आग्रह

दैनिकी न्यूज

१४, पौष २०८०
देशका केही ठाउँमा हिमपातको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ ।

२०८० पुस १३ गते (शुक्रबार)

राती :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा हाल एक-दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो रहेको र विहानीपख सो हुस्स/कुहिरो बढ्दै जाने संभावना रहेको छ भने बांकी तराईका भु-भागमा बिहानिपख हुस्स/कुहिरो लाग्ने संभावना रहेको छ।

२०८० पुस १४ गते (शनिबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भामा आंशिक बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  प्रदेश लगायत  कोशी  र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि  सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० पुस १५ गते (आइतबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी  भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता  अपनाउनुहुन अनुरोध छ।

images
प्रकाशित मिति :पौष १४, २०८० शनिवार - ०८:०३:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology