Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

चितवनमा मोटरसाइकल दुर्घटनाः एक किशोरको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटनाः एक किशोरको मृत्यु

दैनिकी न्यूज

१३, पौष २०८०
चितवनमा मोटरसाइकल दुर्घटनाः एक किशोरको मृत्यु
images

चितवन । चितवनको भरतपुर–माडी सडकखण्ड अन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराज पोखरेलको मृत्यु भएको हो।

गीतानगरबाट विकासचोक तर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - ०८:३०:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology