Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेलिरहेको काठमाडौं र काभ्रेबाट १५ जना पक्राउ

जुवातास खेलिरहेको काठमाडौं र काभ्रेबाट १५ जना पक्राउ

दैनिकी न्यूज

१२, पौष २०८०
जुवातास खेलिरहेको काठमाडौं र काभ्रेबाट १५ जना पक्राउ
images

काठमाडौं । जुवातास खेलिरहेको काठमाडौं र काभ्रैबाट १५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका(२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

काभ्रे, पनौति नगरपालिका–४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(७ बस्ने २४ वर्षीय शान्त प्रसाद तिमिल्सिना समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १६:१६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology