Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

नापी कार्यालयका अमिन घुससहित पक्राउ

नापी कार्यालयका अमिन घुससहित पक्राउ

दैनिकी न्यूज

१२, पौष २०८०
नापी कार्यालयका अमिन घुससहित पक्राउ
images

काठमाडौं । नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।

त्‍यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - ०८:१३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology