काठमाडौं । प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं. १३ तहाचलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवनमा रहेको हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त कालीमाटीबाट गएको प्रहरीले उनीहरुको साथबाट ५५ हजार तीन सय नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. ८ सिफल डेरा गरी बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो ।