Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

प्रेस सेन्टर रुकुम पश्चिमले भूकम्प पीडित पत्रकारहरुलाई वितरण गर्यो न्यानो ज्याकेट

प्रेस सेन्टर रुकुम पश्चिमले भूकम्प पीडित पत्रकारहरुलाई वितरण गर्यो न्यानो ज्याकेट

दैनिकी न्यूज

११, पौष २०८०
प्रेस सेन्टर रुकुम पश्चिमले भूकम्प पीडित पत्रकारहरुलाई वितरण गर्यो न्यानो ज्याकेट
images

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरूका लागि प्रेस सेन्टर नेपाल ललितपुर शाखाले उपलब्ध गराएको न्यानो ज्याकेट प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले आज एक कार्यक्रमका गरी वितरण गरेको छ ।

वितरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका (सचिन), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज धुब्र विक्रम बुढाथोकी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेल, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायत जिल्ला स्थित पत्रकार संघसंगठनमा तथा सञ्चारमाध्याममा कार्यरत पत्रकारहरूको सहभागीता रहेको थियो ।

403402517_1555818618504578_4428263399488763944_n.jpg

आज बसेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको बैठकले न्यानो ज्याकेट उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा प्रेस सेन्टर ललितपु्र शाखा तथा समन्वय र सहकार्यका लागि प्रेस सेन्टर नेपाल केन्द्रीय समिति तथा प्रदेश समितिलाई धन्यबाद दिने निर्णय गरेको छ ।

385527856_1340089506641776_290764151518346039_n.jpg

images
प्रकाशित मिति :पौष ११, २०८० बुधवार - १८:२८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology