Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको अध्यक्षमा ढकाल निर्वाचित

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको अध्यक्षमा ढकाल निर्वाचित

दैनिकी न्यूज

९, पौष २०८०
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको अध्यक्षमा ढकाल निर्वाचित
images

काठमाडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२औँ वार्षिक साधारणसभा एवं चुनावमा उहाँले एक हजार एक सय ९६ मत प्राप्त गर्नु भएको हो । चुनावमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन् । वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बाग्मती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश), ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) विजयी भएका छन् ।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन्।

गएराति सम्पन्न मतदानमा कुल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए ।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - १२:५८:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology