Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

आजको मौसम : यी प्रदेशमा दिनभर बदली

आजको मौसम : यी प्रदेशमा दिनभर बदली

दैनिकी न्यूज

९, पौष २०८०
आजको मौसम : यी प्रदेशमा दिनभर बदली
images

काठमाडौं । देशका विभिन्न भू–भागमा सोमबार मौसम आंशिक बदली रही अन्यत्र सामान्यतय सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ०७:२९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology