Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कोसी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना, चिसोबाट बच्च आग्रह

कोसी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना, चिसोबाट बच्च आग्रह

दैनिकी न्यूज

८, पौष २०८०
कोसी र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना, चिसोबाट बच्च आग्रह
images

काठमाडौं । काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउनुहुन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०८:२३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology