Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

मकवानपुरको बागमती गाउपालिकामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मकवानपुरको बागमती गाउपालिकामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

दैनिकी न्यूज

६, पौष २०८०
मकवानपुरको बागमती गाउपालिकामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
images

काठमाडौं । मकवानपुर जिल्लामा भएको मोटरसाइकल दुर्घटना परी चालकको मृत्यु भएको छ।

बागमती गाउँपालिका वडा नं. ८ साततलेमा बिहीबार बेलुकी बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पाख्रिन गम्भीर घाइते भएका थिए। उपचारका क्रममा राति हेटौंडा अस्पतालमा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०८:५२:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology