Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

दैनिकी न्यूज

५, पौष २०८०
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ
images

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस वडा नं. ५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

बिक समेतले २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ ।

जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

images
प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १७:३०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology