Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको सातदोबाटोबाट लागु औषधसहित तामाङ पक्राउ

ललितपुरको सातदोबाटोबाट लागु औषधसहित तामाङ पक्राउ

दैनिकी न्यूज

४, पौष २०८०
ललितपुरको सातदोबाटोबाट लागु औषधसहित तामाङ पक्राउ
images

ललितपुर । ललितपुरको सातदोबाटोबाट लागु औषधसहित बुधबार एक व्यक्ति प्रहरीले गरेको छ ।

ललितपुर–१५ स्थित सातदोबाटोमा लागु औषध खरीद बिक्रि भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काभ्रे जिल्लाको मण्डनदेउपुर–१२ घर भई ललितपुर–१५ बस्ने बिजय तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले उनको कोठामा गई कोठा तथा शरिर खानतलासी गर्दा अबैध लागु औषध जस्तो देखिने डाईजापाम लेखिएको एम्पुल १८० थान, नुफिन लेखिएको एम्पुल १८२ थान, र फेनारगन लेखिएको एम्पुल ३९० थान, निटाभेट लेखिएको ट्याब्लेट ३८८ वटा र नगद ७२ हजार ७०० रुपैया, नोकिया कम्पनिको किप्याड मोबाईल थान–१, ओपो कम्पनीको स्क्रिन टच मोबाईल थान–१ र भिभो कम्पनिको स्क्रिन टच मोबाईल थान–१, विजय तामाङको नामको सिद्धार्थ बैंकको एटिएम कार्ड १ थान, सोही बैंकको थान–३ चेक भएको चेकबुक, हिरा देवी गरबुजा नामको माछापुच्छ्रे बैंकको एटिएमः कार्ड, सुमन पनेरू नामको प्यान कार्ड, आईडी कार्ड, लाईसेन्स, बिभिन्न बैंकको एटिएमः कार्ड थान–६, सुमन पनेरु नामको अन्य कार्डहरु थान–३ समेत बरामद गरेको छ ।

13.jpg

ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी बिस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले जनकारी दिए ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १९:२४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology