Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कर्तव्य ज्यान मुद्दाका फरार लामा पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार लामा पक्राउ

दैनिकी न्यूज

४, पौष २०८०
कर्तव्य ज्यान मुद्दाका फरार लामा पक्राउ
images

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक साविक ठूलोपाखर गाविस–२ बस्ने ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्कीएको कारागारबाट भागी, अन्य थुनुवा(कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको हो ।

साथै जिल्ला अदालत सिन्धुपाल्चोकको २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने ठहर गरेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १८:३२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology