Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

दैनिकी न्यूज

४, पौष २०८०
नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा
images

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको कागजात मिलाउने गरेको आरोपमा पक्राउ परेका निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् ।

अनुसन्धानका लागि पक्राउ परेका उनीहरु दुवैजनालाई निलम्बन गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । पोखरेल र यादव लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन् ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्ने वायुसेवा निगमका कर्मचारीको सेवा, शर्तसम्बन्धी नियमावलीको प्रावधानअनुसार दुवैजनालाई निलम्बन गरिएको प्रवक्ता पौडेलले बताए ।

प्रहरीले अधिकृत पोखरेललाई गएको मङ्सिर २५ गते तथा वरिष्ठ सहायक यादवलाई मङ्सिर २७ गते पक्राउ गरेको थियो । नक्कली भिजिट भिसामा कागजात मिलाउने घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ०८:२०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology