Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो

तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो

दैनिकी न्यूज

२, पौष २०८०
तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो
images

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ । सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :पौष २, २०८० सोमवार - ०९:१९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology