Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता

रुद्र बहादुर थिङ

३०, मंसिर २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता
images


काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले मङ्सिर २४ गतेदेखि मङ्सिर २९ सम्म दल दर्ताको समय तोकेको थियो ।

फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदै छ ।

images
प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०७:१५:१९ बजे

 

रुद्र बहादुर थिङ

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology