Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को

जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को

दैनिकी न्यूज

२६, मंसिर २०८०
जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को
images

काठमाडौं निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्नुका पछाडि मुख्य दुई कारण रहेका छन् ।

२०४९ सालमा ल्याइएको विद्युत् ऐन, २०४९ र २०५७ सालमा निजीक्षेत्रसँगको विद्युत् खरिद बिक्री सम्झौता ९पिपिए० को जगमा नेपालमा जलविद्युत् आयोजनाले फड्को मार्ने गरी विकास सम्भव भएको हो । यो भन्दा अगाडि निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्ने वातावरण भइसकेको थिएन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म राष्ट्रिय प्रसारण लाइनमा २८३६.९३ मेगावाट क्षमताको बिजुली जोडिएको छ । सोमध्ये निजी सहायक क्षेत्रको (प्राधिकरणको कम्पनी) सहितको कुल उत्पादनको हिस्सा भने ७६.६८ प्रतिशत रहेको छ ।

प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ । कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजी क्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ । प्राधिकरणको सहायकमातहतका आयोजनाबाट ६६१ मेगावाट उत्पादन हुँदै आइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत्को कुल जडित क्षमतामध्ये निजी क्षेत्रको हिस्सा मात्र करिब ६० प्रतिशतको हाराहारीमा रहेको बताए ।

उनले भने, कुल जडित क्षमतामध्ये निजीक्षेत्रको हिस्सा ५९.८३ प्रतिशत छ । प्राधिकरणको मातहतका सहायक कम्पनीको हिस्सा १६.८५ प्रतिशत छ । प्राधिकरण मातहतका आयोजनाको हिस्सा भने २३.२९ प्रतिशत रहेको छ । यो समाचार नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - ०७:१७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology