Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ

दैनिकी न्यूज

२५, मंसिर २०८०
मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
images

काठमाडौं । मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे गाउँपालिका-४ बस्ने २७ वर्षीया कबिता गुरूङलाई काठमाडौंबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जना पीडितहरुलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्‍याई बन्धक बनाई दिनको १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङमा लगाई मानव बेचबिखन गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


उनले प्रलोभन पारी पीडितहरुबाट जनही २ लाख ६० हजार रुपैयाँका दरले पैसा लिई म्यान्मार पठाएको, थाईलैण्ड भन्दै झुक्याई म्यानमारको म्यावडी पुर्‍याएर अमेरिकी
नागरिकलाई निश्चित अवधिमा अनलाइनमार्फत बिटकोइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने र तार्गेट पूरा गर्न नसकेमा कुटपिट गर्ने, इलेकट्रिक सक लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरेको तथा ९ महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रुपैयाँ तिर्न बाध्य बनाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १९:०९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology