Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सुनका विभिन्न गरगहनासहित पक्राउ

सुनका विभिन्न गरगहनासहित पक्राउ

दैनिकी न्यूज

२४, मंसिर २०८०
सुनका विभिन्न गरगहनासहित पक्राउ
images

बर्दिया । बारबर्दिया नगरपालिका-९ कर्तनियाबाट बिल नभएका ३ सय ४७ ग्राम ०७१० मिलिग्रामको सुन जस्तो देखिने पथ्थर जडित रानीहार १ थान लगायतका बिभिन्न गर-गहना, ३ हजार ७ सय ३० नेपाली रूपैयाँ र ४ हजार २० रूपैयाँ भारतीय रूपैयाँसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाँके राप्ती सोनारी गाउँपालिका-२ बस्ने ३८ वर्षीय दिपेन्द्र घर्ती मगर र बाँके नेपालगंज उपमहानगरपालिका-१९ बस्ने २९ वर्षीय मोहन बिक रहेका छन् । प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले प्रदेश ३-०१०२३ च ८१६८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त गहना र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १८:०४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology