Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ

१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ

दैनिकी न्यूज

२३, मंसिर २०८०
१ थान पेस्तोल र २० थान गोली सहित ३ जना पक्राउ
images

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंं १० बाट १ थान पेस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका वडा नं. ९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो खिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०८० शनिवार - १७:३२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology