Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

दैनिकी न्यूज

२२, मंसिर २०८०
नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ
images

काठमाडौं । दुई किलो अवैध सुनसहित ३ जना पक्राउ परेका छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको गाडीबाट प्रहरीले उक्त सुनसहित ३ जनालाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगाबाट सुन बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताए ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ। पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् । उनीहरूले रसुवा नाकाबाट सुन ल्याएको खुलेको रेग्मीले बताए।

यस्तै, आज मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ परेका थिए।

images
प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - १३:४४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology