ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. ३ झम्सिखेलस्थित एक होटेलको पाँचौ तलामा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका वडा नं. २४ धापाखेल बस्ने महांकाल गाउँपालिका वडा नं. ४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू सुर्य बहादुर कठायतको नाती, एक बहादुर कठायतको छोरा जि। मकवानपुर, भिमफेदी–८ स्थायी वतन भई जि। ललितपुर गोदावरी–११ चापागाउँ बस्ने बर्ष ३८ को समिर भन्ने साधुराम कठायत, योमनाथ घिमिरेको नाती, भुमिनन्द घिमिरेको छोरा, ललितपुर, महांकाल–५ चन्दनपुर स्थायी वतन भई गोदावरी–१० चापागाउँ बस्ने बर्ष ३५ को उमेश घिमिरे, लिलानाथ तिमल्सिनाको नाती, हरि प्रसाद तिमल्सिनाको छोरा, ललितपुर, महांकाल–४ स्थायी वतन भई ललितपुर–२४ धापाखेल बस्ने बर्ष ३४ को रमेश तिमल्सिना, धन दोर्जे तामाङको नाती, माईला तामाङको छोरा, सिन्धुपाल्चोक, लिशंखुपाखर–४ स्थायी वतन भई ललितपुर महालक्ष्मी–३ बस्ने बर्ष ३५ को बिशु तामाङ रहेका छन् ।
त्यस्तै बेखालाल स्थापितको नाती, लक्ष्मी लाल स्थापितको छोरा, ललितपुर–८ मंगलबजार बस्ने बर्ष ३७ को बिरेन्द्र स्थापित, हरीमान डंगोलको नाती, सानुराजा डंगोलको छोरा, ललितपुर–११ ज्वागल बस्ने बर्ष ३९ को राजिब डंगोल, हर्क बहादुर भुलुनको नाती, ल्वाङ दोर्जे भुलुनको छोरा, ललितपुर, बागमती–६ आश्राङ स्थायी वतन भई गोदावरी–११ चापागाउँ बस्ने बर्ष ४५ को प्रदिप कुमार लामा, बाबुकाजी महर्जनको नाती, रत्न महर्जनको छोरा, ललितपुर–१६ मंगलबजार बस्ने बर्ष ४२ को श्याम महर्जन, सिलाल महर्जनको नाती, तिर्थमान महर्जनको छोरा, ललितपुर–१२ मंगलबजार बस्ने बर्ष ३८ को शैलेश महर्जन, सानुबा सिंह गोलेको नाती, दमाईसिंह गोलेको छोरा, मकवानपुर, थाहा–१२ स्थायी वतन भई ललितपुर–४ बागडोल बस्ने बर्ष ४९ को सोमनाथ गोले रहेका छन् ।
जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा उनीहरुलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।