Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

पशुपतिनाथ मन्दिर आसपास आजदेखि मासु तथा मदिरा बिक्री र सेवनमा रोक

पशुपतिनाथ मन्दिर आसपास आजदेखि मासु तथा मदिरा बिक्री र सेवनमा रोक

दैनिकी न्यूज

२१, मंसिर २०८०
पशुपतिनाथ मन्दिर आसपास आजदेखि मासु तथा मदिरा बिक्री र सेवनमा रोक
images

काठमाडौँ । बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ । यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुने प्रकाशनले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - ०८:११:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology