Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

२०, मंसिर २०८०
भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ
images

मोरङ । भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसूरमा दोषी ठहर भई फरार पाँच जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका(३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका(४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन् ।

विशेष अदालत बबरमहल काठमाडौंको फैसलाबाट उनीहरूमध्ये मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना, नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार र ३४२ रुपैयाँ जरिवाना, कुमार बहादुरलाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना, टिकारामलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रूपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६६७ रूपैयाँ जरिवाना फैसला भएको थियो । उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले गत साउनदेखि हालसम्म जम्मा २ सय १५ जना फरार प्रतिवादीहरू पक्राउ गरि उनीहरूबाट कूल ८५ वर्ष १० महिना १५ दिन कैद र ६८ करोड ६८ लाख २६ हजार ७३२ रुपैयाँ जरिवाना असुल गरेको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - ०८:३८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology