Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

दैनिकी न्यूज

१९, मंसिर २०८०
पक्राउ पुर्जीविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा
images

काठमाडौं । अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षको घोषणा गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लवले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको हो।

विज्ञप्तिमा पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको जनाइएको छ।

त्यसविरुद्ध आज मंगलबार मसाल जुलुस प्रदर्शन गर्ने, २० गते बुधबार न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने जनाइएको छ।

काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’‚ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - १३:३६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology