Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

मानव बेचबिखनमा संलग्न महिला पक्राउ

मानव बेचबिखनमा संलग्न महिला पक्राउ

दैनिकी न्यूज

१७, मंसिर २०८०
मानव बेचबिखनमा संलग्न महिला पक्राउ
images

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुना कुमारी मल्ल बिहीबार पक्राउ परेकी छन् ।

सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाबाट महिलाहरूलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगि बेचबिखन गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा उक्त कार्यमा संलग्न मुना कुमारीलाई बाँके नेपालगंजबाट पक्राउ गरेको हो ।


मुना कुमारीले भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरूलाई नेपालबाट लैजाने गरेको, आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरूलाई टार्गेट बनाउने गरेको तथा भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीलाई बेचबिखन गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - ०९:१०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology